SHARE
Samata Press · शनिबार २३ साउन २०८३ ०५:२७ PM · 1 मिनेट पढाइ

पहिचान र अधिकार माग्दा हामीले हतकडी, जेल र नेल भोग्नुपर्‍यो : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतकडी र नेल भोग्नुपरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थारुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गरे। उनले आफूहरूलाई प्रवासमा जान बाध्य पारेर बनाइएको संविधानमा आफ्नो अधिकार नसमेटिएको समेत बताए ।  ‘यो देशमा अहिलेको वर्तमान संविधान लागू गरिरहँदा यो रेशम चौधरी थारुहट विद्रोहका कारण प्रवासमा थियो। हामीलाई प्रवासमा लखेटिएर जाने गरेको संविधानमा हाम्रो अधिकार किञ्चित लेखिएन,’ उनले भने। उनले पहिचानको माग गर्दा जेल जानुपरेको र आन्दोलनका क्रममा हतकडी तथा नेल लगाइएको बताए। ‘हामीले पहिचान माग्यौँ, त्यसको बदलामा जेल पायौँ। हामीले मुठ्ठी उचाल्यौँ, हातमा हतकडी लगाइयो। जबर्जस्ती चलमलाउन खोज्यौँ, खुट्टामा नेल ठोकियो,’ चौधरीले भने। चौधरीले संघर्षको अनुभव आफूहरूलाई कसैले सिकाइरहनु नपर्ने बताए। लामो समयदेखि अधिकारका लागि संघर्ष गरे पनि आफूहरूभित्रको असमञ्जस्यताका कारण उपलब्धि हासिल गर्न नसकिएको हो कि भन्ने समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। ‘संघर्ष कस्तो हुन्छ, कसैले कसैलाई सुनाइरहन पर्दैन। संघर्ष हामीले यति ग¥यौँ र यति गर्दैछौँ।