आगलागी पछि वैदेशिक रोजगार विभाग : श्रम स्वीकृतिको काम भने जारी
काठमाडौँ । वैदेशिक रोजगार विभाग पूर्ण रूपमा ध्वस्त भएको छ । मंगलबार जेन–जी प्रदर्शनका क्रममा ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी हुँदा विभागको तल्लो भवन पूर्ण रूपमा क्षति पुगेको हो । विभागका महानिर्देशक कमल भट्टराईका अनुसार अहिले आंशिक रूपमा सेवा प्रवाह भइरहेको छ । विभागभन्दा माथि रहेको वैदेशिक रोजगार कार्यालयमा भने केही भएको छैन ।
