जेनजी आन्दोलनमा नागरिक समूहको गम्भीर चिन्ता, राष्ट्रपतिलाई पहलको आग्रह
काठमाडौँ । शान्तिपूर्ण रूपमा सुरू भएको जेनजी आन्दोलन अप्रत्याशित रूपमा हिंसात्मक बन्दै जानु र त्यसबाट ठूलो जनधनको क्षति हुनुमा नागरिक समूहले गम्भीर चिन्ता व्यक्त गरेका छन् । भदौ २३ गतेदेखि प्रारम्भ भएको आन्दोलनमा राज्यपक्षबाट अनावश्यक बल प्रयोग भएको आरोप लगाउँदै नागरिक समूहले निष्पक्ष छानबिनका लागि आयोग गठन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
