SHARE
मकालु खबर · बिहीबार २६ भौ २०८२ ०२:१९ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन दुरुपयोग नगरौँ, देश डिस्कोर्ड ग्रुपको मात्रै होइन : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जेन–जी आन्दोलनको पछाडिबाट देशलाई अस्थिरता र अनिर्णयतर्फ धकेल्ने खेल भइरहेको गम्भीर आरोप लगाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै राउतले आन्दोलनको भावना र आकांक्षालाई सबै नेपालीले अपनत्व लिन सक्ने खालको बनाउन आग्रह गरे ।