SHARE
मकालु खबर · बिहीबार २६ भौ २०८२ ०४:३७ PM · 1 मिनेट पढाइ

एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी अझै फरार

काठमाडौँ । जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये आज राति ८ बजेसम्म एक हजार ५६७ जनालाई नियन्त्रणमा लिइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नियन्त्रणमा लिइएकाहरूलाई सम्बन्धित कारागार र थुनुवा कक्षमा राखिएको छ ।