SHARE
Samata Press · शनिबार २३ साउन २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

सही समय आउनलाई केही समय लाग्छ : प्रधानमन्त्री बालेन

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन अझै केही समय लाग्ने भन्दै नआत्तिन आग्रह गरेका छन्।  शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले ढिला भए पनि गलत नहुने बताएका छन्।  ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले लेखेका छन्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले परिस्थितिलाई बुझ्न आग्रह गरेका छन्।  ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन,’ उनले लेखेका छन्।