SHARE
Samata Press · बिहीबार २१ साउन २०८३ ०४:५२ PM · 1 मिनेट पढाइ

संविधानको धारा ४० (२)बमोजिम दलित विद्यार्थीलाई नि:शुल्क उच्च शिक्षाको व्यवस्था गर्न माग

काठमाडौँ। नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले संविधानको धारा ४० (२)को व्यवस्था बमोजिम दलित विद्यार्थीलाई नि:शुल्क उच्च शिक्षाको प्रबन्ध गर्न माग गरेको छ।  संगठनका संयोजक विष्णु उपरकोटी नेतृत्वको टोलीले बिहीबार राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै दलित विद्यार्थीलाई निशुल्क पढ्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउन माग गरेको हो। संगठनले तीन बुँदे मागसहित आयोगको ध्यानाकर्षण गराएको छ।