SHARE
Samata Press · बिहीबार २१ साउन २०८३ ०३:०७ PM · 1 मिनेट पढाइ

दिपा नेपालीका माग नसुनेकोमा सांसद पोर्तेलको प्रश्न- आन्दोलनमा के-के क्षति भए चाँहि सरकारले वार्ता गर्ने हो ?

काठमाडौँ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले ११० दिनदेखि काठमाडौँको माइतीघरमा धर्नारत दिपा नेपालीका मागबारे सरकारले चासो नदिएकाप्रति प्रश्न गरेका छन्।  बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पोर्तेलले सरकारले शान्तिपूर्ण धर्नामा बसेका युवाको मागलाई सम्बोधन गर्न नचाहेको आरोप लगाए।  'दिपा नेपालीको नेतृत्वमा ११० दिनदेखि माइतीघर मण्डलामा युवाहरूले धर्ना दिइरहनुभएको छ। उहाँको माग नयाँ छैन- खालि संविधानको धारा २४ को प्रभावकारी कार्यान्वयन गर्न माग गर्नुभएको छ। तर सरकारले ११० दिनसम्म पनि सुनेको छैन।' सांसद पोर्तेलले २१औँ शताब्दीमा पनि मुलुकको राजधानीमा कथित जातपातका आधारमा विभेद भएको भनेर युवाहरूले आन्दोलन गर्नुपर्ने अवस्था लज्जाको विषय भएको बताए।  'आधुनिक मुलुकको राजधानीमै कथित जातका आधारमा कोठा भाडामा समेत नपाइने स्थिति हुनु हामी सबैका लागि लज्जाको विषय हो भन्ने लाग्छ।