आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ – कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् । सामाजिक सञ्जाल मार्फत उनले देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दलगायतका विषयलाई लिएर जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा भत्र्सना समेत गरेका छन् ।
