SHARE
Samata Press · बुधबार २० साउन २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

लगानी बोर्डको सीईओ यांकी उक्याब नियुत्त

काठमाडौँ । यांकी उक्याब लगानी बोर्डको सिईओ नियुक्त भएकी छिन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्याबलार्य लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो।  उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन्। उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट जननीति शास्त्रमा स्नातकोत्तर गरेकी छन्।  उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार तथा यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा कार्य गरिसकेकी छन्।  अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले बोर्डको सीईओका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। जसमा यांकीसहित मनोज पौडेल र जितेन्द्र धिताल थिए।