नर्स र मिडवाइफको पारश्रमिक सम्मानजनक बनाउने सहमति, अभियान्ता रानाभाटले तोडिन् अनसन
काठमाडौँ। विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी 'अभियान्ता ज्योती रानाभाट'ले अनसन अन्त्य गरेकी छन्। सरकारी वार्ता टोली र 'अभियान्ता रानाभाट'का बीचमा बुधबार बिहान विभिन्न १९ बुँदे सहमति भएपछि 'अभियान्ता रानाभाट'ले अनसन अन्त्य गरेकी हुन्। नर्ससमेत रहेकी रानाभाट यही साउन १४ गतेदेखि अनसनमा बसेकी थिइन्।
