SHARE
बासुरी खबर · मङगलबार ३ असार २०८२ ०४:०१ AM · 1 मिनेट पढाइ

इरान-इजराइल आमनेसामने, सयौंको मृत्यु, हजारौँ घाइते

इरान-इजराइल तनाव बढ्दै जाँदा दुवै देशले एकअर्कामाथि सशक्त प्रहार गरिरहेको बताइएको छ। पाँच दिनसम्म इरानमा कम्तीमा २२४ जनाको र इजराइलमा कम्तीमा २४ जनाको मृत्यु भएको बताइएको छ। इरानमा एक हजार भन्दा बढी घाइते भएका छन्। इजराइलमा पनि इरानी आक्रमणबाट सयौं घाइते भएका छन्। इजराइलले आफ्नो आकाशमा नियन्त्रण कायम गरेकाले अब आक्रमण तीव्र बनाउने बताएको छ।