काठमाडौँका सीडीओको सामाजिक सञ्जालमा तीव्र आलोचना, वेबसाइटबाट हटाए तस्बिर
काठमाडौँ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । काठमाडौँमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै अहिले उनको आलोचना भइरहेको हो । यसबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले आफ्नो वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्बिर हटाएको छ ।
