SHARE
मकालु खबर · सोमबार २३ भौ २०८२ ०३:५६ PM · 1 मिनेट पढाइ

काठमाडौं महानगरका विद्यालय तीन दिनका लागि बन्द

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनलाई ध्यानमा राख्दै महानगरभित्रका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै भदौ २४, २५ र २६ गतेसम्म विद्यालयहरू बन्द रहने जनाएको हो । आज राजधानीका विभिन्न स्थानमा भएको प्रदर्शन तथा उत्पन्न तनावपूर्ण परिस्थितिका कारण यस्तो निर्णय लिइएको जनाइएको छ ।