SHARE
बासुरी खबर · शनिबार १६ साउन २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

हेलम्बुका दुई क्षेत्रमा वृक्षारोपण, पर्यटन र जैविक विविधता संरक्षणमा जोड

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका दुई स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। हेलम्बु गाउँपालिका र जस्ट नेपाल फाउन्डेसनको सहकार्यमा सञ्चालन भएका कार्यक्रमहरूले हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण, पर्यटन विकास तथा स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।