SHARE
बासुरी खबर · शनिबार १६ साउन २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

नयाँबस्ती सामुदायिक वनमा ३६० बिरुवा रोप्दै हरियाली प्रवर्द्धन अभियान

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ स्थित नयाँबस्ती सामुदायिक वन उपभोक्ता समिति को अगुवाइ तथा जस्ट नेपाल फाउन्डेसन को सहयोगमा शनिवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत सामुदायिक वन क्षेत्रमा टिमुरका १६० र भटमासेका २०० गरी कुल ३६० बिरुवा रोपिएको समितिले जनाएको छ।