SHARE
बासुरी खबर · आइबार​ १ असार २०८२ ०४:२९ AM · 1 मिनेट पढाइ

बंगलादेशमा विद्युत् बिक्री शुरूः देश समृद्धितर्फ अघि बढेको ऊर्जामन्त्रीको भनाइ

नेपालले आजबाट बंगलादेशलाई ४० मेगावाट विद्युत व्यावसायिक रूपमा पहिलोपटक निर्यात शुरू गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात शुरू गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नेपालले बंगलादेशलाई विद्युत् निर्यात गर्नाले देश समृद्धिको दिशामा बढेको बताए ।