SHARE
बासुरी खबर · आइबार​ १ असार २०८२ ०३:५७ PM · 1 मिनेट पढाइ

इन्द्रावती गापालाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गरिएको छ । राष्ट्रिय पूर्णखोप सुनिश्चितता निर्देशिकाबमोजिम गाउँपालिकाभित्रका सबै वडाहरूमा १६ महिना देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित भएकाले गाउँपालिकामा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गरिएको हो ।