SHARE
Samata Press · शनिबार १६ साउन २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

हिंसापीडित महिलाको आर्थिक शशक्तिकरणका लागि थ्री-पी मोडल प्रभावकारी

काठमाडौँ। महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले हिंसापीडित महिलाको आर्थिक सशक्तिकरणका लागि सरकारी-निजी-नागरिक समाज (थ्री-पी) मोडेल अपनाउन सिफारिस गरेको छ।  लैंगिक हिंसापीडित महिलाहरूको आर्थिक सशक्तिकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारसहित विभिन्न दातृ निकायले सीपमूलक तालिमहरू प्रदान गर्दा यस्तो मोडेल अपनाउन उपयुक्त हुने ओरेकको निष्कर्ष छ।  मोरङ र उदयपुरका तीन वटा स्थानीय तहमा पाइलट प्रोजेक्टकारुपमा सञ्चालित परियोजनाको सिकाइ साझा गर्दै ओरेकले सरकारी-निजी-नागरिक समाज (थ्री-पी)मोडेलले कसरी काम गर्छ भन्ने उदाहरण पेश गरेको छ।  ओरेककी कार्यक्रम संयोजक अनुपमा पोखरेलका अनुसार विराटनगर, त्रियुगा र कटारी नगरपालिकामा ओरेकले थ्री-पी मोडेलमा कार्यक्रम सञ्चालन गरेको थियो। जसबाट १७५ महिलाहरूलाई गार्मेन्ट, मन्टेश्वरी, ब्युटिसियन र बारिष्टा सम्बन्धी सीपमूलक तालिमहरू प्रदान गरिएको थियो। जहाँ तालिमप्राप्त सबै महिलाहरूले तालिमपछि रोजगारी प्राप्त गर्ने पहिल्यै सुनिश्चित गरिएको थियो।  कार्यक्रम संयोजक पोरखेलले भनिन्, 'यो मोडेलमा सञ्चालन हुने कार्यक्रमले केवल आर्थिक सहयोगमात्र गर्दैन, महिलाहरूलाई मनोसामाजिक परामर्श, कानूनी सचेतना र स्वायत्तता तथा आर्थिक सुरक्षा पनि प्रदान गर्दछ। हिंसापीडित महिलाको आर्थिक उन्नतिका लागि कार्य गर्ने हो भने यो मोडेल सबैले अवलम्बन गर्नु उपयुक्त हुने देखिन्छ।' शुक्रबार काठमाडौँमा आयोजित सिकाइ आदानप्रदान कार्यक्रममा सहभागी सरोकारवालाहरूले थ्री-पी मोडेल प्रभावकारी देखिएको बताए। ओरेक र सरोकारवालाहरूले महिलाहरूको आर्थिक शशक्तिकरणका लागि खासगरी स्थानीय सरकारले यस्तो मोडेललाई अपनाए तालिमहरू प्रभावकारी हुने सुझाव राखे।  थ्री-पी मोडेलअन्तर्गत कुनै पनि तालिम सञ्चालन हुनुपूर्व बजारको अध्ययन गर्नुपर्दछ। परियोजनाको सिकाइबारे बोल्दै महिला पुन:स्थापना केन्द्रकी कार्यक्रम व्यवस्थापक सुलोचना खनालले भनिन्, 'लैङ्गिक हिंसा प्रभावित महिलाहरूको आर्थिक सशक्तीकरणका सरकारी-निजी-सार्वजनिक (थ्री-पी) मोडेल प्रभावकारी हुन्छ भन्ने हामीले अभ्यासमा प्रमाणित गरेका छौँ। यो मोडेलले महिलाहरूलाई केवल रोजगारी मात्र नदिई, उनीहरूको सुरक्षा, आत्मसम्मान र अधिकारलाई स्थापित गरेको छ।