SHARE
अर्थ संवाद · सोमबार २३ भौ २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा दुई हजार रुपैँयाँले बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ ।  यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको चाँदी आज २ हजार ५ सयले कारोबार भइरहेको  महासंघले जनाएको छ ।