गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टीन हिरो नेपाल २०२५’ का लागि आवेदन खुला
काठमाडौं । किशोरकिशोरीका प्रतिभा र सामाजिक योगदानलाई सम्मान गर्ने उद्देश्यसहित ‘ग्लोकल टीन हिरो नेपाल २०२५’ का लागि आवेदन खुला गरिएको छ। ग्लोकल प्रा।लि।को आयोजनामा र गोल्छा ग्रुपको शीर्षक साझेदारीमा सञ्चालन हुने यस कार्यक्रमको यो ११औं संस्करण हो। १३ देखि १९ वर्ष उमेर समूहका नेपाली किशोरकिशोरीहरूले आवेदन दिन सक्ने छन्।
