युवाहरूलाई विदेश पलायनबाट रोक्न गुणस्तरीय शिक्षा आजको आवश्यकता : सांसद दुलाल
सिन्धुपाल्चोक। बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री युवराज दुलालले बैदेशिक गन्तव्य रोक्नका लागि गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माध्यमिक विद्यालयको ६३ औं बार्षिकोत्सव कार्यक्रममा आफ्नो मन्तव्यको क्रममा सांसद दुलालले आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु नै गुणस्तरीय शिक्षाको मुल मर्म रहेको धारणा राखे ।
