विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि सबै जना सहमत : महासचिव पोखरेल
काठमाडौँ, १८ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि कसैको पनि असहमति नरहेको स्पष्ट पार्नुभएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज एमाले प्रचार विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिने उल्लेख गर्दै पार्टीभित्र कसैको पनि असहमति नरहेको उहाँले बताउनुभयो ।
