SHARE
ओएसनेपाल · बुधबार १८ भौ २०८२ ०४:२४ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, १८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको तियाञ्जिन प्रस्थान गर्नुभएको थियो ।