SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

धनुषामा मन्दिरभित्र पुरुषको शव फेला

जनकपुर । धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार करिब ४० वर्षीय अज्ञात पुरुषको शव शुक्रबार बिहान मन्दिरमा फेला परेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागमा गम्भीर चोट पुर्‍याएर हत्या गरिएको आशंका गरिएको प्रहरीले जनाएको छ।