SHARE
कर्पोरेट समाचार · सोमबार २ असार २०८२ ०४:०२ PM · 1 मिनेट पढाइ

अस्पतालबाट डिस्चार्ज भए वैद्य

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ भएका छन् । छातीमा सङ्क्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज हुनुभएको उहाँकी छोरी चेतना शर्माले राससलाई जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार