SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ १२:५५ AM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनाः सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत साउन १० गते भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। बिहीबार राति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा गृह मन्त्रालय र पीडित परिवारबीच औपचारिक सम्झौता भएको हो।