SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०३:१० PM · 1 मिनेट पढाइ

लघुवित्त पीडितः गाँस पनि, बास पनि माइतीघरको सडकमा (तस्बिरहरू) 

काठमाडौं। माइतीघर मण्डला यतिबेला लघुवित्त पीडितहरूको अस्थायी आश्रय बनेको छ। मणिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले साउन १२ गतेदेखि सुरु गरेको  सामूहिक धर्नासँगै आन्दोलनकारीहरू सडकमै दिन बिताइरहेका छन्। उनीहरूको गाँस पनि यहीँ छ, बास पनि यहीँ। त्रिपाल, सिरक र केही आवश्यक सामग्रीकै भरमा उनीहरूले माइतीघरलाई अस्थायी घर बनाएका छन्।