SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०३:४० PM · 1 मिनेट पढाइ

राष्ट्रपति र प्रधानमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतल निवासमा भेटवार्ता भएको छ । ​ देशवासीका नाममा सम्बोधन गरे लगत्तै केही बेरअघि राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो । सो भेटवार्ताका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ ।