ईयूमा एप्पल स्टोरका कर्मचारीहरूले ईसिम तालिम प्राप्त गर्दै; आईफोन १७ ले भौतिक स्लट हटाउन सक्ने
अमेरिकामा आईफोन १४ परिवारदेखि एप्पलका स्मार्टफोनहरूमा भौतिक सिम कार्ड स्लट हटाएर ईसिममा भर पर्दै आएको छ। कम्पनीले अहिलेसम्म अन्य कुनै पनि राष्ट्रहरुका लागि भने आईफोनबाट भौतिक स्लट हटाएको छैन।
