संकटा राष्ट्रिय महिला लिगमा छनोट
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लब एन्फा राष्ट्रिय महिला लिगको लागि छनोट हुने पहिलो टोली बनेको छ। पूर्णिमा राईको ह्याट्रिकमा संकटाले आज एनबिएम पोखरा गर्ल्स एफसीलाई ६-१ ले हराउँदै एक खेल अगाडि नै छनोट भएको हो। च्यासल खेल मैदानमा आज भएको खेल एकपक्षीय बन्यो। खेलको पाँचौं मिनेटमा नै सेनु परियारको गोलमा संकटाले सुरुवाती अग्रता बनायो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
