आजको कालीमाटी थोक बजार मूल्य: तरकारी र फलफूलको भाउ यस्तै छ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य तय गरेको छ। समितिका अनुसार नेपाली बजारमा उपलब्ध सागसब्जी र फलफूलको थोक मूल्य केही घटबढसँगै तोकिएको छ। गोलभेंडाको मूल्य यसपटक किसिमअनुसार फरक देखिएको छ। ठूलो साइजको नेपाली गोलभेंडा प्रतिकिलो ७० रुपैयाँमा तोकिएको छ भने भारतीय गोलभेंडा ८५ रुपैयाँमा निर्धारण गरिएको छ।
