SHARE
मकालु खबर · बुधबार १८ भौ २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

रोमाञ्चक बन्दै राष्ट्रिय महिला लिग छनोट

काठमाडौं । शिर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लबको हारसँगै जारी महिला राष्ट्रिय फुटबल लिग छनोटमा समूह ‘ए’ बाट होड रोमाञ्चक बनेको छ । समूहको शिर्ष दुई टोली सीधै राष्ट्रिय महिला लिगमा छनोट हुने प्रावधान रहेको छ । दुवै लिग खेल अन्तिम चरणमा पुग्दा समूहबाट छनोटका लागि प्रतिष्पर्धा रोमाञ्चक बनिरहेको छ ।