SHARE
मकालु खबर · बुधबार १८ भौ २०८२ ०१:२३ PM · 1 मिनेट पढाइ

दर्ता हुन आएनन् फेसबुक लगायतका सामाजिक सञ्जाल, बन्द गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन थालेको अनिवार्य सूचीकरण प्रक्रियामा नयाँ सामाजिक सञ्जालको सहभागिता शून्य देखिएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार तोकिएको समयसीमा सकिँदासम्म कुनै नयाँ सामाजिक सञ्जालले दर्ताका लागि निवेदन पेस गरेका छैनन् ।