नेपाल कला तथा सांस्कृतिक उत्सव आयोजना गरिने
काठमाडौँ । नेपाल आर्ट काउन्सिल बबरमहलमा ‘रुट एण्ड रिफ्लेक्सन’ विषयक नेपाल कला तथा सांस्कृतिक उत्सव आयोजना गरिने भएको छ । काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर र कीर्तिपुर नगरपालिका तथा नेपाल पर्यटन बोर्ड, होटल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजना हुने उत्सवमा इन्द्रजात्रा केन्द्रित कलाकृति समावेश हुने पूर्वअर्थराज्यमन्त्री एवं सांसद उदयशम्शेर राणाले जानकारी दिए ।
