SHARE
Samata Press · बुधबार १३ साउन २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघको सङ्ख्या ४४ बाट वृद्धि भएर ५० पुगेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय झाले आठ बर्षको अवधिमा निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताए । सन् २०१८ मा गणना गर्दा शुक्लाफाँटामा बाघको सङ्ख्या १६ रहेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज बिहान बाघ सर्वेक्षणको नतिजा सार्जवजिक गर्दै बाघ गणना २०८२ पुसदेखि २०८३ वैशाख १० गतेसम्म गरिएको जनाएको छ । शुक्लाफाँटा र आसपासका क्षेत्रमा कम्प्लेक्स विभाजन गरी बाघ गणना गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । बर्दियामा बाघका लागि आहारा प्रशस्त भएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको हो । मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघको बासस्थानका रूपमा पनि शुक्लाफाँटा परिचित छ ।