SHARE
Samata Press · बुधबार १३ साउन २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेसँग भेटवार्ता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्।  सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा जानकारी गराएका थिए।