रविले बोलाए सर्वदलीय बैठक, सुनसरी घटनामा संवेदनशील बन्न अपिल
काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरी घटनालाई लिएर सर्वदलीय बैठक आह्वान गरेका छन्। बुधबार बिहान ८ बजे सिंहदबारस्थित लेखा समितिको बैठक कक्षमा बस्ने गरी लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्। बैठकमा संसद्मा रहेका सबै राजनीतिक दलहरूसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउतले नेतृत्व गरेका दलहरूलाई बोलाइएको रास्वपाका महामन्त्री विपीनकुमार आचार्यले जानकारी दिए। महामन्त्री आचार्यले सुनसरी घटनालाई अत्यन्तै संवेदनशील भन्दै त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न सर्वदलीय बैठक बोलाइएको बताए।
