शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको इक्यानकाे दाबी, संशोधन नभएसम्म आन्दोलन जारी रहने
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का विवादित प्रावधानमा अन्तिम सहमति नभएको स्पष्ट गर्दै आवश्यक संशोधन नभएसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
