एनएमबी बैंकले खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । एनएमबी बैंकले दोलखा र रामेछापमा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ। यससम्बन्धी ऋण लगानी सम्झौता मंगलबार सम्पन्न भएको हो।
