मोरङमा अर्को सूचना नआएसम्म डिजे बजाउन रोक, उल्लङ्घन गरे कारबाही हुने
विराटनगर । सुनसरीमा डिजे बजाउने विषयलाई लिएर भएको विवाद हिंसात्मक बनेपछि मोरङ प्रशासनले जिल्लाभर अर्को सूचना जारी नभएसम्म डिजे प्रयोगमा प्रतिबन्ध लगाएको छ। मेला, महोत्सव, विवाह, पार्टी, धार्मिक कार्यक्रमलगायत सार्वजनिक तथा निजी कार्यक्रममा डिजे बजाउन रोक लगाइएको हो।
