गोरखा दुर्घटना ः २१ जना घाईतेमध्य ३ जना काठमाडौं रिफर
काठमाडौं । काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटनाका क्रममा घाइते भएकाहरुको विवरण खुलेको छ । उक्त बसमा सवार २२ जना मध्ये चालक सहित २१ जना घाईते भएको, प्रहरी बरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले जनाएका छन् । साथै, उनले २१ जना मध्ये ३ जनालाई काठमाडौं रिफर गरिएको र अन्य घाईतेहरुको उपचार गोरखाकै आरुघाट आधारभुत अस्पतालमा भईरहेको बताए ।
