SHARE
अर्थ संवाद · बिहीबार १९ भौ २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

भौतिक पूर्वाधार मन्त्री देवकोटाः ‘ग्लोबल लेभलमा समेत इम्प्याक्ट गर्न सक्ने क्षेत्र प्राप्त गरेका छौँ’

हेटौंडा । भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटाले मन्त्रालयले विश्वस्तरमै प्रभाव पार्न सक्ने महत्त्वपूर्ण क्षेत्रहरू प्राप्त गरेको बताएका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले भने, ‘ग्लोबल लेभलमा समेत इम्प्याक्ट गर्न सक्ने क्षेत्र हामीले प्राप्त गरेका छौँ। त्यसको कारणले पनि हाम्रो क्षेत्राधिकार संघीय सरकारले संविधानले दिएको आधारमा सायद काम धेरै छ ।’उनका अनुसार मन्त्रालयले विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्दै आगामी वर्षमा अझ परिणाममुखी कार्ययोजना अघि बढाउने तयारी गरेको छ ।