लिसंखुपाखरमा गाँउपालिका अध्यक्ष मासिक स्वास्थ्य घुम्ती सेवा सुरु
सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिकामा चालु आर्थिक वर्षको गाउँपालिका अध्यक्ष मासिक स्वास्थ्य घुम्ती सेवा मंगलबारदेखि सुरु भएको छ । गाउँपालिकाका सातै वडामा एकसाथ सुरु गरिएको यस सेवामार्फत स्थानीय नागरिकलाई निःशुल्क स्वास्थ्य परामर्श र परीक्षण गरिएको हो । सेवाको आज गाउँपालिका अध्यक्ष राजु लामाले उद्घाटन गरे ।
