चुरोट बजारमा सूर्य नेपालको दबदबा : कारोबार बढ्यो, नगद क्षमता झन् बलियो
काठमाडौं। नेपालको सबैभन्दा ठूलो चुरोट उत्पादक कम्पनी सूर्य नेपालले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गर्दै आफ्नो कारोबारलाई नयाँ उचाइमा पुर्याएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार उल्लेख्य रूपमा विस्तार भए पनि नाफाको मार्जिन भने स्थिर रहनुले कम्पनीको व्यवसायिक रणनीति, लागत व्यवस्थापन र बजार प्रतिस्पर्धाबारे महत्त्वपूर्ण संकेत दिएको छ।
