SHARE
कर्पोरेट समाचार · सोमबार ११ साउन २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाइएपछि सडक आज दिउँसो ३ः१५ बजेदेखि पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान १७ किलो र सिमलताल नजिक लेदो तथा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनले तत्काल दुवै स्थानमा पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी सञ्चालन गराएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार