ग्यास अभाव कि कृत्रिम संकट ? सुर्खेतमा दुई दिनसम्म लाइन बस्न बाध्य उपभोक्ता
सुर्खेत । सुर्खेतमा खाना पकाउने एलपी ग्यास वितरण अव्यवस्थित भएपछि उपभोक्ता दुई दिनसम्म लाइन बसेर मात्रै भरिएको सिलिण्डर पाउन बाध्य भएका छन्। एक साता यता ग्यास डिलरमा अत्यधिक भीड लाग्न थालेपछि स्थानीय राति २ बजेदेखि नै खाली सिलिण्डर लिएर लाइन बस्ने गरेका छन्।
