न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र जेनेस सलुशनको सहकार्यमा प्रवासी नेपाली टेक समुदायसँग अन्तरक्रिया
न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले शुक्रबार अमेरिकामा रहेका नेपाली तथा नेपालीमूलका सूचना प्रविधि व्यवसायी र उद्यमीहरूसँग नेपाललाई उदाउँदो प्रविधि केन्द्रको रूपमा प्रवर्द्धन गर्ने विषयमा एक अन्तरक्रिया आयोजना गर्यो।
