SHARE
मकालु खबर · सोमबार १६ भौ २०८२ ०१:४३ PM · 1 मिनेट पढाइ

दोधारा चाँदनीमा ५२ घर र दुई सशस्त्र बिओपी डुबानमा

दोधारा चाँदनी । आइतरबारदेखिको निरन्तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनीमा ५२ घर र सशस्त्र प्रहरीका दुई वटा बिओपी डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परेका छन् ।