भारत–रुस सधैँ काँधमा काँध मिलाएर उभिएका छन् : मोदी
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–रुस सम्बन्धलाई विशेष र विशेषाधिकार प्राप्त साझेदारी भन्दै कठिन परिस्थितिमा पनि दुवै देश काँधमा काँध मिलाएर उभिएको बताएका छन् । सोमबार क्रेमलिनमा भएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको द्विपक्षीय वार्तामा प्रधानमन्त्री मोदीले भारत–रुस सहकार्यले न केवल दुवै देश, तर सम्पूर्ण विश्वको शान्ति, स्थिरता र समृद्धिमा योगदान पुर्याउने बताए ।
